४ दिनअघि थानकोटबाट सम्पर्कविहिन गोमा महर्जन चितवनमा सकुशल फेला परिन
थानकोट ।
फागुन २ गते बिहान थानकोटस्थित घरबाट सम्पर्कविहिन भएकी एक महिला शनिबार चितवनमा फेला परेकी छिन् ।
चन्द्रागिरि नगरपालिका-४ थानकोट पागंलबकी स्थानीय गोमा महर्जन गत बुधबार आफ्नै घरबाट सम्पर्कविहिन भएकी थिइन् ।
उनी शनिबार बिहान चितवनमा फेला परेको बताइएको छ ।
चन्द्रागिरि नगरका प्रवक्ता एवं वडाध्यक्ष कृष्णप्रसाद खड्गीका अनुसार महर्जनको अहिले चितवन प्रहरीको निगरानीमा भरतपुर अस्पतालमा स्वास्थ्य जाँच भइरहेको छ ।













