चित्लाङ नजिकैबाट चरेस र सालकको खपटासहित समातिए दम्पतीसहित ३ जना

Thankot Times

थानकोट ।

प्रहरीले मकवानपुरको थाहा नगरपालिका-९ टिपटारबाट अवैध लागूऔषध चरेस जस्तो देखिने वस्तु करिब १० किलो र करिब १ किलो तौलको सालकको खपटासहित ३ जनालाई शुक्रबार राति पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सोही ठाउँ डेरा गरी बस्ने थाहा नगरपालिका-७ डाँडाबास घर भएका ३५ वर्षीय दिलु भन्ने टेक बहादुर गोले, टेक बहादुरकै भतिज नाता पर्ने ३० वर्षीय गब्रे भन्ने दिलिप कुमार गोले र दिलिप कुमारकी श्रीमती ३१ वर्षीया चमेली भन्ने सबिता गोले पाख्रिन रहेका छन् ।

विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय चित्लाङ र ईलाका प्रहरी कार्यालय पालुङबाट खटिएको प्रहरीले उनीहरूको कोठा तलासी गर्दा उक्त लागूऔषध र सालकको खपटा फेला पारी तीनै जनालाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको केन्द्रीय प्रहरी समाचार कक्षको बुलेटिनमा उल्लेख छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ