सुन चाँदीको मूल्य बढ्यो

Thankot Times

थानकोट ।

कारोबार हुने साताको पहिलो दिन नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ ।

गत शुक्रबारको तुलनामा आइतबार सुनको मूल्य तोलामा ५०० रुपैयाँ बढेर छापावाल सुनको मूल्य तोलाको १ लाख १७ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

गत कारोबार दिन उक्त सुन तोलामा एक लाख १७ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

आइतबार तेजाबी सुनको मूल्य तोलामा एक लाख १७ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ । 

चाँदीको मूल्य तोलामा २० रुपैयाँ बढेर १ एक हजार ४३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।  


Leave a Reply

Your email address will not be published. Required fields are marked *