कीर्तिपुरका विभिन्न २ स्थानबाट २३ जना जुवाडे पक्राउ
थानकोट ।
काठमाडाैंको कीर्तिपुरबाट जुवातास खेलिरहेको अवस्थामा २३ जना पक्राउ परेका छन् ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार कीर्तिपुर नगरपालिका-६ बस्ने ३८ वर्षीय मनिकराम महर्जनको टहरामा जुवातास खेलिरहेको अवस्थामा महर्जन समेत १५ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३८ हजार ५ सय ९९ रुपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो ।
यसैगरी कीर्तिपुर नगरपालिका-१ अमृतनगर बस्ने ५१ वर्षीय भक्त बहादुर राईको टहरामा जुवातास खेलिरहेको अवस्थामा राई समेत ८ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४५ हजार रुपैयाँ र ९ बुक ताससहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।













