सेतो पहरामा दुर्घटना अध्ययन कार्यदलको बैठक
थानकोट ।
गत पाैष २८ गते चन्द्रागिरि नगरपालिका-०४ पानीघाट सेतो पहरामा भएको सडक दुर्घटनाको सन्दर्भमा भाैतिक पूर्वाधार तथा यातायात मन्त्रालयले गठन गरेको अध्ययन कार्यदलले स्थलगत अध्ययन गरेको छ ।
मन्त्रालयबाट गठित कार्यदलका अध्यक्ष पूर्व सचिव धन बहादुर तामाङ, सहसचिव श्याम बहादुर खड्का, सिडिई सुरेश श्रेष्ठ, प्रहरी वरिष्ठ उपरीक्षक ध्रुवराज राउत, चन्द्रागिरि नगरका प्रवक्ता एव वडा नंं ४ का अध्यक्ष कृष्णप्रसाद खड्डी लगायतको टोलीले मंगलबार दुर्घटनास्थलमा पुगी स्थानीयहरूसँग अन्तर्क्रिया एवं छलफल गरेको बताइएको छ ।
पाैष २८ गते चन्द्रागिरि नगरपालिका-०४ पानीघाट सेतो पहरामा भएको सडक दुर्घटनामा परि एकै परिवारका ३ सहित पाँच जनाको ज्यान गएको थियो ।
सो कार्यदललाई पुस २९ गते बसेको मन्त्रीस्तरीय बैठकले विगत एक महिनामा भएका सवारी दुर्घटना, विगतमा भएका कार्यदलका प्रतिवेदन र स्थलगत अध्ययन गर्न, सडक दुर्घटनाका कारण र पक्षको विश्लेषण गर्न, सडक दुर्घटना न्यूनिकरण गर्न संस्थागत र प्राविधिक पक्षको विश्लेषण गर्न गरी जिम्मेवारी दिएको थियो ।
सडक दुर्घटना न्यूनिकरणका अल्पकालीन, मध्यकालीन र दिर्घकालीन उपायहरु सुझाउन पनि कार्यदललाई जिम्मेवारी दिइएको छ ।













