सीतापाइलामा एक महिला तथा २ जना बालिकाहरू मृत भेटिए

Thankot Times

थानकोट ।

काठमाडौंको सीतापाइलामा तीन जना मृत अवस्थामा भेटिएका छन् ।

नागार्जुन नगरपालिका वडा नम्बर-६ स्थित एक घरमा बुधबार बिहान तीन जनाको शव भेटिएको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार परिसर, वृत्त स्वयम्भूको टोली घटनास्थलमा पुगेको छ।

‘ घटनाको विस्तृत विवरण आउन बाँकी छ,’ परिसरका प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीले भने।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार एक जना ३९-४० वर्षकी महिला, एक जना सात-आठ वर्षीया बालिका र अर्का एक दुई वर्षीया बालिका रहेका छन्।

‘घरेलु हातहतियार प्रहार गरी हत्या गरेको देखिन्छ,’ उनले भने। दुई तले घरको भुइँ तलामा घटना भएको हो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ