सुन चाँदीको मूल्य बढ्यो
थानकोट ।
नेपाली स्थानीय बजारमा आज बुधबार सुनचाँदीको मूल्य बढेर कारोबार भइरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले बढेर कारोबार भइरहेको छ ।
चाँदीको मूल्य प्रति तोला पाँच रुपैयाँ बढेर कारोबार भइरहेको छ ।
महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १८ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । तेजाबी सुन प्रतितोला एक लाख १७ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ ।
चाँदी प्रतितोला एक हजार ४१५ रुपैयाँमा कारोबार भइरहेको छ ।
हिजो मंगलबार चाँदी प्रति तोला एक हजार ४१० रुपैयाँमा कारोबार भएको थियो ।













