भालेश्वर डाँडामा हल्का हिमपात
थानकोट।
चन्द्रागिरि नगरपालिका-४ थानकोटस्थित भालेश्वर डाँडामा हल्का हिमपात भएको छ ।
बिहीबार दिउँसोदेखि वर्षा हुँदा सो क्षेत्रमा साँझ हिउँ परेको हो ।
यस वर्ष भालेश्वरमा पहिलोपटक हिउँ परेको भालेश्वर मन्दिरका पुजारी विदुर न्याैपानेले जानकारी दिए ।
दक्षिण ललितपुरको भट्टेडाँडा र तिनपाने भञ्ज्याङ, मकवानपुरको सिमभञ्जाङ, दामन लगायतका क्षेत्रमा समेत बिहीबार हल्का हिमपात भएको छ ।














