वडा कार्यालय घेराउ गर्दै नागढुङ्गा सुरुङ मार्ग वरपरका स्थानीयहरू

Thankot Times

थानकोट । 

राष्ट्रिय गाैरवको आयोजनाका रुपमा निर्माण भइरहेको नागढुङ्गा-सिस्नेखोला सुरुङ मार्ग निर्माणस्थल वरपरका स्थानीयहरूले आइतबार चन्द्रागिरि नगरपालिका वडा नं. २ को कार्यालय घेराउ गर्ने भएका छन् । 

सुरुङ मार्ग आयोजनाले स्थानीयहरूको समस्या समाधानका लागि तदरुकता नदेखाएको विरोधमा नगरको ध्यानाकर्षण गराउन स्थानीयहरूले विरोध र्यालीसहित वडा कार्यालय घेराउ गर्न लागेका हुन् ।

सुरुङ मार्ग निर्माणसँगै परम्परागत पानीका स्रोत सुकेको, घर लगायतका संरचना चर्किएको लगायतका विषयमा स्थानीयहरूले पटकपटक आयोजनालाई ध्यानाकर्षण गराएको भएपनि समस्या समाधानका लागि गम्भीर नभएको स्थानीयको आरोप छ ।

नागढुंङ्गा सिस्नेखोला सुरुङ मार्ग प्रभावित खानेपानी उपभोक्ता समितिको अगुवाइमा भएको सो विरोध र्यालीमा सहभागीहरूले सुरुङ मार्ग निर्माणस्थल वरपरको क्षेत्रलाई प्रभावित क्षेत्र घोषणा गर्नुपर्ने, सो क्षेत्रमा पर्याप्त खानेपानीको व्यवस्था गर्नुपर्ने, खेतीयोग्य जमीनमा सिंचाईको व्यवस्था गर्नुपर्ने, सुरुङ निर्माण गर्दा चर्किएका घरहरूको क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने, सुरुङ बनेको स्थानमाथिको जमिनका सम्बन्धमा उचित सम्बोधन गरिनुपर्ने, सुरुङ मार्ग प्रभावित क्षेत्रको बासिन्दा लाई रोजागरीको सुनिश्चिता गर्नुपर्ने लगायतका मागसहित सुरुङ मार्ग निर्माण आयोजनाको कार्यालयमा पछिल्लो समय धर्ना दिँदै आएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *