सुन चाँदीको मूल्य बढ्यो

Thankot Times

थानकोट ।

कारोबार हुने साताको पहिलो दिन आइतबार नेपाली स्थानीय बजारमा सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य तोलामा ५०० रुपैयाँ बढेको  जनाएको छ ।

छापावाल सुन आइतबार प्रतितोला एक लाख १८ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । गत कारोबार दिन उक्त सुन प्रतितोला एक लाख १८ हजार रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, तेजाबी सुन तोलामा एक लाख १७ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदी तोलामा पाँच रुपैयाँ बढेर कारोबार भइरहेको छ ।

चाँदीको मूल्य एक हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *