सुनको मूल्य स्थिर रहँदा चाँदीको मूल्य भने घट्यो

Thankot Times

थानकोट ।

कारोबार हुने साताको तेस्रो दिन नेपाली बजारमा मंगलबार सुनको मूल्य स्थिर छ ।

यस दिन छापावाल सुन तोलाको एक लाख १८ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । छापावाल सुन सोमबार पनि यही मूल्यमा कारोबार भएको थियो ।

आज तेजाबी सुन तोलाको एक लाख १७ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य भने तोलामा १५ रुपैयाँले घटेको छ ।

चाँदी तोलाको एक हजार ३८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *