‘सडक बत्ति मर्मत गर्न परेमा टोल-फ्री नम्बरबाट नगर प्रहरीलाई सूचना दिनू’- चन्द्रागिरि नगरपालिका
थानकोट ।
उज्यालो चन्द्रागिरि अभियान अन्तर्गत चन्द्रागिरि नगरपालिका क्षेत्रभित्र ५ हजार थान सडक बत्ति जडान सम्पन्न भएको छ ।
नगरका १५ वटै वडामा ती बत्ति जडान भएका हुन् ।
नगरक्षेत्रको पिपलामोडदेखि ढुङ्गेअड्डासम्म पर्ने त्रिभुवन राजपथमा समेत नगरले सडक बत्ति जडान गरेको हो । नगरप्रमुख घनश्याम गिरीको सचिवालयका अनुसार यहि चैत्र महिनाभित्र थप ३ हजार ५ सय थान सडक बत्ति जडानको तयारी भइरहेको छ ।
चन्द्रागिरि नगरपालिका वडा नं. २ मसिने तथा वडा नंं १ को झाँगाझिटी क्षेत्रमा खम्बा समेत व्यवस्थापन गर्नुभएकोले ती स्थानमा सडक बत्तिका लागि प्राथमिकतामा राखिएको बताइएको छ।
यसैबीच चन्द्रागिरि नगरप्रमुख घनश्याम गिरीले नगर अन्तर्गत जडान भएका सडक बत्ति मर्मत संभारमा चासो देखाएका छन् ।
मंगलबार एक सूचनामार्फत नगरप्रमुखको सचिवालयले सडक बत्ति मर्मत संभार गर्न आवश्यकता देखिएमा नगर प्रहरीलाई टोल फ्री नं. मा सूचना दिन सकिने जनाएको छ।
सचिवालयले 18105000499 मा बिहान १० बजेबाट साँझ ६ बजेसम्म सम्पर्क गरी मर्मत गर्न पर्ने सडक बत्तिका सन्दर्भमा विस्तृतमा सूचना दिन भनेको हो ।












