चर्चामा मत्स्यनारायण मन्दिर क्षेत्रका अभिलेखहरु, दशकअघि नै मेटिएको स्थानीयको भनाइ
थानकोट ।
सामाजिक सञ्जालमा केही दिनयता चन्द्रागिरि नगरपालिका-०९ मच्छेगाउँस्थित मत्स्यनारायण मन्दिर क्षेत्रका प्राचिन सम्पदा चर्चामा छन् ।
सो स्थानमा रहेका केही अभिलेखहरू नियतवश नष्ट गरिएको भन्दै सामाजिक सञ्जालमा चासो र चिन्ता व्यक्त भइरहँदा सो स्थानमा भएका सम्पदा यसअघि नै अस्तव्यस्त रुपमा रहेको खुलेको छ ।
चन्द्रागिरि नगरपालिका वडा नं. ९ मच्छेगाउँका वडाध्यक्ष अच्युत अधिकारीले सामाजिक सञ्जालमा सार्वजनिक भएका विषय सत्य नभएको बताएका छन् । उनले ती सम्पदा यसअघि नै विभिन्न प्रकोपहरूका क्रममा तथा भद्रगोल अवस्थामा राखिएका कारण मेटिएको स्थानीयहरू अगुवाहरूले बताउँदै आएको बताएका हुन् । ती अभिलेख दशक अघि नै दुरावस्थामा रहेको मन्दिरका पुजारी शैलेश आचार्यको तर्क छ ।
विगतमा कुन कालखण्डमा यस्तो गरियो अध्ययन र अनुसन्धानको विषयमा हुन सक्छ उनले भने ।
मन्दिर भित्र रहेको एक शिलामा नेपाल सम्वत् ७९७ लेखिएको छ। जुन हिसाबले हिसाबले मन्दिर क्षेत्रमा रहेका अभिलेखहरू कम्तीमा ३४७ वर्ष पुरानो भएको अनुमान लगाउन सकिन्छ ।

तस्बिरः नरेन्द्र मानन्धर












