१३औँ पुष्पलाल स्मृति राष्ट्रिय र्याङ्किङ ब्याडमिन्टनको उपाधि प्रिन्स र रसिलालाई
थानकोट ।
चन्द्रागिरि नगरपालिका-०७ थानकोट चेकपोष्टस्थित महांकाल ब्याडमिन्टन कभर्डहलमा फागुन १४ गतेदेखि जारी १३ औँ पुष्पलाल स्मृति राष्ट्रिय र्याङ्किङ ब्याडमिन्टन प्रतियोगिताको पुरुष एकल तर्फको उपाधि प्रिन्स दाहालले जितेका छन् । महिलातर्फको उपाधि रसिला महर्जनले जितेकी छिन् ।
शनिबार सम्पन्न प्रतियोगिताको फाइनलमा शीर्ष ८ तर्फको पुरुष एकलको फाइनलमा ललितपुरका प्रफुल महर्जन माथि २१–१८, २२–२० को सङ्घर्षपूर्ण जित निकाल्दै प्रिन्सले चौथो पटक उपाधि उचालेका हुन् ।
यस विधाको तेस्रो स्थानमा एपिएफका देवराज राना र नेपाल पुलिसका सुनिल जोशी रहे ।
महिला एकलतर्फको उपाधि ललितपुरकी रसिला महर्जनले जित हात पारिन् । र
सिलाले भोजपुरकी नङ्गशल तामाङलाई १७–२१, २१–१५, २२–२० को सङ्घर्षपूर्ण खेलमा पराजित गरेकी हुन् । तेस्रो स्थानमा आर्मीकी अनु माया राई र नेपाल पुलिसकी निता लम्साल रहे ।
प्रतियोगितामा विजयी खेलाडीहरूले मेडल, ट्रफी र प्रमाण पत्रका साथ शीर्ष ८ वरीयता देखि बाहेकको पुरुष एकल र महिला एकलका शीर्ष तीन स्थान प्राप्त गर्नेले नगद २० हजार, १० हजार र ५ हजार प्राप्त गरे ।












