थानकोट-चित्लाङ सडकमा पानी बोक्ने ट्याक्टर दुर्घटना, उद्दार कार्य जारी

Thankot Times

थानकोट ।

थानकोट-चित्लाङ सडक अन्तर्गत चन्द्रागिरि भञ्ज्याङनजिकै सवारी दुर्घटना भएको छ ।

प्रहरी वृत्त थानकोटका अनुसार चित्लाङबाट थानकोटतर्फ आउँदै गरेको पानी बोक्न प्रयोग भएको ट्य्राक्टर दुर्घटना भएको हो ।

प्रहरीका अनुसार बा प्र ३-०१ त ३०१ नम्बरको ट्य्राक्टरको पछाडी पट्टी जोडिएको पानीको ट्याँकी ट्रलिसहित सडकमै रहँदा ट्य्राक्टरको हेड भने सडकबाट करिब ८ सय मिटर तल खसेको छ ।

ट्य्राक्टरमा ट्रली गाँसेर पानी बोक्न ट्याँकी जडान गरिएको रहेछ सो ट्रली सहितको पानी ट्याँकी छुट्टिएर सडकमै रहेको र बाँकी भाग भीरमा खसेको देखिएको छ प्रहरी वृत्त थानकोटका ड्युटी अधिकृतले भने ।

दुर्घटनामा ट्य्राक्टर चालक धादिङ घर भएका प्रविण तामाङ सामान्य घाइते भएका छन् । उक्त दुर्घटनाका सन्दर्भमा प्रहरी वृत्त थानकोटबाट आवश्यक अनसुन्धान जारी रहेको बताइएको छ ।

आइतबार बिहान परेको पानीका कारण सडक चिप्लो हुँदा सो क्षेत्रमा सवारी साधन जोखिमपूर्ण रुपमा आवत जावत गरिरहेका छन् ।

केहीदिन अघिबाट सो सडकमा ग्रेडिङको कार्य भइरहेकोमा आइतबार बिहान पानी पर्दा बाटो हिलाम्मे भएको छ ।

तस्बिरः अमर सिंह


Leave a Reply

Your email address will not be published. Required fields are marked *