विश्वभर फेसबुकको सर्भर डाउन, एक्समा रोइलो !
थानकोट ।
मेटा कम्पनीको सामाजिक सञ्जाल फेसबुकको सर्भर डाउन भएको छ ।
नेपाल लगायत विश्वभर नै फेसबुक अहिले डाउन छ ।
फेसबुक लगइन गर्दा डाउन भएको देखिएको हो । यो समस्या म्यासेन्जरमा समेत देखिएको छ । फेसबुक प्रयोगकर्ताको फेसकबुक एक्कासी लगआउट भएको छ ।
फेसबुकमा देखिएको समस्या केही समयमा समाधान हुने अन्तर्राष्ट्रिय सञ्चार माध्यमले बताएका छन् ।
फेसबुक डाउन भएसँगै एक्स् (ट्वीटर) मा फेसबुक डाउन भएको विषय व्यङ्ग्यात्मक रुपमा भाइरल गराइएका छन् ।
फेसबुकसहित मेटाद्वारा सञ्चालित इन्टाग्राम, ह्वाट्सएप र थ्रेडमा समेत समस्या देखिएको छ ।












