नागढुङ्गाबाट लागुऔषधसहित समातिए सागर

Thankot Times

थानकोट ।

नेपाल प्रहरीले लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १५ ग्रामसहित एक युवकलाई चन्द्रागिरि नगरपालिका-२ नागढुङ्गाबाट नियन्त्रणमा लिएको छ ।

बुधबार काँकडभिट्टाबाट काठमाडौंतर्फ आउँदै गरेको बा.प्र.०३-००१ख १६३३ नम्बरको यात्रु बस चेकजाँच गर्दा सो बसमा सवार झापा बिर्तामोड नगरपालिका-८ घर भएका २४ वर्षीय सागर थापालाई लागूऔषधसहित पक्राउ गरिएको हो ।

थापाले लगाएको सेतो ट्राउजरको बायाँ खल्तीमा कालो रंगको प्लाष्टिकले पोका पारी ल्याएको अवस्थामा लागुऔषध खैरो हिरोईन जस्तो देखिने पदार्थ १५ ग्राम फेला परेपछि नियन्त्रणमा लिई प्रहरी वृत्त थानकोटबाट थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी परिसर काठमाडाैंले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *