सुनको भाउ नयाँ उचाइमा, तोलाको कति रुपैयाँमा हुँदैछ कारोबार ?
थानकोट ।
कारोबार हुने साताको पहिलो दिन आज आइतबार नेपाली स्थानीय बजारमा सुनको भाउ इतिहास कै उच्च बिन्दुमा पुगेको छ ।
अघिल्लो कारोबार दिन शुक्रबार प्रतितोला १ लाख २५ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज तोलामा १ हजार रुपैयाँले बढेको हो ।
आज छापावाला सुन प्रतितोला १ लाख २६ हजार रुपैयाँमा कारोबार भईरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, आज तेजावी सुन तोलामा १ लाख २५ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ भने चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेको छ।आज आइतबार चाँदी प्रतितोला १ हजार ४ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ ।













