नागढुङ्गा सुरुङ मार्गको निर्माण कार्य २२ दिनदेखि अवरुद्ध
थानकोट ।
चन्द्रागिरि नगरपालिका र धुनिवेशीं नगरपालिकामा निर्माण भइरहेको राष्ट्रिय गाैरवको परियोजना नागढुङ्गा-सिस्नेखोला सुरुङ मार्ग निर्माणको कार्य २२ दिनदेखि स्थगित छ ।
नागढुंगा-नौबिसे सुरुङ मार्गको काममा स्थानीयले अवरोध गरेको सोमबार २२ दिन भएको छ। यही फागुन ६ गतेदेखि स्थानीयले विभिन्न माग राख्दै सुरुङ मार्गमा काम ठप्प पारिदिएका हुन्।
चन्द्रागिरि नगरपालिका वडा नम्बर १ र २ का केही गाउँमा सुरुङ मार्गले पानीका मुहान सुकेको छ। जसले ६ सय बढी स्थानीय पानीका लागि संघर्षमा छन्। दुई वडामा ४ वटा डिपबोरिङ निर्माण भएका छन्।
तर पानीको संकटबाट भने स्थानीयले मुक्ति पाउन सकेका छैनन्। वडा नम्बर १ मा ७० घरधुरी र २ मा ५०० घरधुरी पानीको संकटमा छन्। जबकी पहिले यी वडामा घर-घरमा धारा, खोला–खोलामा पानीका मुल थिए।
सुरुङमार्ग निर्माण थालेपछि वडा नम्बर १ र २ मा घरहरू चर्किएको स्थानीय बताउँछन्। १ मा ६०-७० वटा र २ मा ९३ वटा घर चर्किएको छ। घर चर्किएर बस्न नमिल्ने भएपछि नागढुंगा सुरुङमार्ग आयोजनाले वडा नम्बर २ का ९ घरपरिवारलाई कोठाभाडामासमेत बसालेको छ।
पानीसँगै घरमासमेत क्षति पुगेपछि स्थानीयले सुरुङमार्गको ब्रेक-थ्रु गर्ने समयमा काम ठप्प पारिदिएका छन्।
आयोजनासँग जग्गाको मुआब्जा, पानीको समस्याका विषयमा पटक-पटक स्थानीयले छलफल पनि गरिसकेका छन्। तर माग सम्बोधनमा पछि भन्दै आयोजनाले टार्दै आएको छ।
यस्ता छन् सुरुङ मार्ग क्षेत्र प्रभावित स्थानीयहरूले लामो समयदेखि अघि सारेका मागहरूः













