तोलामा ८ सय रुपैयाँले बढ्यो सुनको भाउ, चाँदीको भाउ प्रतितोला ५० रुपैयाँले बढ्यो

Thankot Times

थानकोट ।

कारोबार हुने साताको पाँचाैं दिन बिहीबार नेपाली बजारमा सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बिहीबार सुन तोलामा ८ सय रुपैयाँ बढेको हो । 

आज छापावाल सुन तोलामा एक लाख २५ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन बुधबार सो सुन तोलामा एक लाख २५ हजार रुपैयाँमा कारोबार भएको थियो । 

त्यस्तै, तेजाबी सुन तोलामा एक लाख २५ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । 

आज चाँदी मूल्य तोलामा एकैदिन ५० रुपैयाँ बढेको छ ।

चाँदी तोलामा एक हजार ५ सय १५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *