तरकारी, फलफूल तथा कोल्ड स्टोर व्यवसाय १५ दिनभित्र दर्ता गर्न काठमाडाैं महानगरको निर्देशन
थानकोट ।
काठमाडौँ महानगरपालिकाले नगरक्षेत्र भित्र सञ्चालनमा रहेका तरकारी, फलफूल बजार, नर्सरी, कोल्ड स्टोर र मासु तथा माछाजन्य उद्योग तथा व्यवसायलाई १५ दिन दर्ता गर्न निर्देशन दिएको छ ।

यस अवधिमा दर्ता भई सोको विवरण काठमाडौँ महानगरपालिका कृषि तथा पशुपक्षी विभागमा पेस गर्न व्यवसायीलाई आग्रह गरिएको हो ।
सूचनाको उल्लङ्घन गरी दर्ता नगरी व्यवसाय सञ्चालन गरिएको पाइएमा नियमानुसार कारबाही गर्ने चेतावनी समेत महानगरले दिएको छ ।













