सुनको मूल्य घट्दा, चाँदीको स्थिर

Thankot Times

थानकोट।

कारोबार हुने साताको छैटाैं दिन आज शुक्रबार नेपाली स्थानीय बजारमा सुनको मूल्य तोलामा ४ सय रूपैयाँ घटेको छ ।

आज छापावाल सुन प्रतितोला एक लाख २५ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीबार छापावाल सुन प्रतितोला एक लाख २५ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

आज तेजाबी सुन प्रतितोला एक लाख २४ हजार ८०० रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै, चाँदीको मूल्य भने स्थिर छ । चाँदी प्रतितोला एक हजार ५१५ रुपैयाँमा करोबार भइरहेको महासंघले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *