१ किलो गाँजासहित नागढुंगाबाट विनिता पक्राउ परिन
थानकोट ।
अवैध लागूऔषध गाँजाको धुलो जस्तो देखिने पदार्थ १ किलो १ सय ग्रामसहित धादिङ गजुरी गाउँपालिका-३ घर भएकी २२ वर्षीया बिनिता तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले धादिङदेखि काठमाडौंतर्फ आउँदै गरेको बा.३ ख ३००७ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त पदार्थसहित नागढुंगा नाकाबाट पक्राउ गरेको हो ।
तामाङ पक्राउ परेको सन्दर्भमा प्रहरी वृत्त थानकोटबाट थप अनुसन्धान भइरहेको बताइएको छ ।












