पेट्रोलको भाउ प्रतिलिटर १ रुपैयाँ घट्यो, डिजेल र मट्टीतेलमा प्रतिलिटर २ रुपैयाँ घट्यो
थानकोट ।
नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको छ ।
इण्डियन आयल कर्पोरेसनबाट मूल्य घटेर आएपछि निगमले शुक्रबार पेट्रोल र डिजेलको मूल्य घटाउने निर्णय गरेको हो ।
नयाँ मूल्य शनिबार बिहान १ बजेदेखि लागू हुने निगमले जानकारी दिएको छ ।
निगमका अनुसार पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर दुई रुपैयाँका दरले मूल्य घटेको हो ।














