सुनको मूल्य घट्दा चाँदीको बढ्यो
थानकोट ।
नेपाली बजारमा आइतबार सुनको मूल्य घट्दा चाँदीको भने बढेको छ ।
अघिल्लो कारोबार दिनको तुलनामा आइतबार तोलामा ४ सय रुपैयाँले घटेर छापावाल सुन प्रतितोला एक लाख २५ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
तेजाबी सुन प्रतितोला १ लाख २४ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
गत शुक्रबार छापावाल सुन प्रतितोला १ लाख २५ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्य भने तोलामा १५ रुपैयाँले बढेर १ हजार ५ सय ३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।













