आज मनकामना केबलकार बन्द रहने

Thankot Times

थानकोट ।

चितवनस्थित मनकामना केबलकार सेवा आज बन्द रहने भएको छ ।

नियमित मर्मत कार्यका लागि आज एक दिन केबलकार सेवा बन्द हुन लागेको मनकामना दर्शन प्रा.लि.ले जनाएको छ।

नियमित मर्मत सम्भार गर्नुपर्ने भएकाले सेवा बन्द हुने कम्पनीले यसअघि नै विज्ञप्तिमार्फत जानकारी दिएको थियो । 

भोलि बिहीबारबाट भने केबलकार साबिक बमोजीम नै सञ्चालनमा आउनेछ ।

केबलकार सेवा बन्द रहे पनि केबलकारको तल्लो स्टेशनमा रहेको रेस्टुरेन्ट भने नियमित सञ्चालनमा रहने जनाइएको छ  ।  


Leave a Reply

Your email address will not be published. Required fields are marked *