सुन चाँदीको मूल्य स्थिर
थानकोट ।
कारोबार हुने साताको पहिलो दिन आज आइतबार नेपाली स्थानीय बजारमा सुन चाँदीको मूल्य स्थिर छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज आइतबार सुनको मूल्य अघिल्लो कारोबार दिन (गत शुक्रबार)कै मूल्यमा कारोबार भइरहेको छ ।
आज छापावाल सुन प्रतितोला एक लाख ३० हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
गत शुक्रबार पनि छापावाल सुन यही मूल्यमा कारोबार भएको थियो ।
त्यस्तै, तेजाबी सुन प्रतितोला एक लाख २९ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
यस दिन चाँदी प्रतितोला एक हजार ५२५ रुपैयाँमा कारोबार भइरहेको छ ।
चाँदी गत शुक्रबार पनि यही मूल्यमा कारोबार भएको थियो ।













