सुनको मूल्य तोलामा १ हजार ६ सय रुपैयाँ बढैपछि बन्यो नयाँ कीर्तिमान
थानकोट ।
कारोबार हुने साताको दोश्रो दिन सोमबार नेपाली स्थानीय बजारमा सुन हालसम्मकै उच्च मूल्यमा कारोबार भइरहेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य तोलामा १ हजार ६ सय रुपैयाँले बढेको छ ।
आज छापावाल सुन प्रतितोला एक लाख ३१ हजार ६०० रुपैयाँमा कारोबार भएको छ ।
आइतबार छापावाल सुन प्रतितोला एक लाख ३० हजार रुपैयाँमा कारोबार भएको थियो ।
तेजाबी सुन प्रतितोला एक लाख ३० हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ ।
चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले वृद्धि भएको छ । चाँदी प्रतितोला एक हजार ५३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।













