बजेट बनाउन अर्थ मन्त्रालयले माग्यो सुझाव

Thankot Times

थानकोट ।

अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि बजेट बनाउन सबैसँग सुझाव मागेको छ ।

मन्त्रालयले आगामी आर्थिक वर्षका लागि बजेट मस्यौदा लेखनको काम शुरू गरिरहेको छ ।

मन्त्रालयले सोमबार गोरखापत्र दैनिकमा एक सूचना प्रकाशित गर्दै बजेट तथा कार्यक्रमका लागि सबैसँग सुझाव मागेको हो ।

मन्त्रालयले विभिन्न संघ, संस्था, बुद्धिजिवी, विज्ञ, राजनीतिक दल, व्यवसायी, समाजसेवी, पेशाकर्मी, कर्मचारी, सञ्चार जगत तथा आम नागरिकहरुलाई आगामी वैशाख मसान्तभित्र बजेटमा सुझाव दिन आग्रह गरेको छ ।

त्यसका लागि मन्त्रालयको वेबसाइटमा रहेको बजेट सजेसनमा गएर वा इमेल पठाएर सुझाव दिन सकिने मन्त्रालयले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *