आज ६७औँ राष्ट्रिय सहकारी दिवस, बलम्बुमा शुभकामना सभा आयोजना गरिने
थानकोट ।
‘सहकारीमा सुशासन, प्रविधि र एकिकरण’ नाराका साथ ६७ औँ राष्ट्रिय सहकारी दिवस आज देशभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ ।
नेपालमा वि. सं. २०१३ चैत २० गते चितवनको बखानपुर ऋण सहकारी संस्थाको स्थापना भइ सहकारी आन्दोलनको सुरुवात भएको दिनलाई स्मरण गर्दै हरेक वर्ष चैत २० गते राष्ट्रिय सहकारी दिवस मनाउने गरिएको हो ।
चन्द्रागिरि नगरपालिकामा पनि चन्द्रागिरि नगर स्तरीय राष्ट्रिय सहकारी समन्वय समितिको संयोजकत्वमा ६७ औँ राष्ट्रिय सहकारी दिवस सहकारी दिवस मनाइँदैछ ।
चन्द्रागिरि नगरको नियमन क्षेत्रमा डेढ सय सहकारी, कुनै वडामा २ सहकारी कुनैमा २२ वटा
बलम्बुस्थित लाछी डबलीमा नगरक्षेत्रका सहकारीकर्मीहरूको उपस्थितिमा बिहान ७ः३० बजे शुभकामना सभा आयोजना हुने बताइएको छ ।
सो अघि नगरक्षेत्रमा क्रियाशील सहकारीबाट प्रभातफेरि सहितको र्याली गुर्जुधारामा एकत्रित भइ बलम्बु पुग्ने तयारी गरिएको चन्द्रागिरि नगर स्तरीय राष्ट्रिय सहकारी समन्वय समितिले जनाएको छ ।
चन्द्रागिरि नगरमा विभिन्न प्रकृतिका करिब डेढ सय वटा सहकारी नगरपालिकाको नियमन क्षेत्रमा रहेको नगरको आर्थिक विकास शाखाले जनाएको छ ।














