सुनको मूल्य घट्दा, चाँदीको बढ्यो
थानकोट ।
कारोबार हुने साताको तेस्रो दिन मंगलबार नेपाली बजारमा सुनको मूल्य अघिल्लो कारोबार दिनको तुलनामा घटेर कारोबार भएको छ ।
आज सुनको मूल्य तोलामा ४ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज छापावाल सुन प्रतितोला एक लाख ३१ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
सोमबार छापावाल सुन प्रतितोला एक लाख ३१ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज तेजाबी सुन प्रतितोला एक लाख ३० हजार ५५० रुपैयाँमा कारोबार भएको छ ।
चाँदीको मूल्य भने तोलामा १० रुपैयाँ बढेको छ ।
आज चाँदी प्रतितोला एक हजार ५४५ रुपैयाँमा करोबार भइरहेको महासंघले जनाएको छ ।













