सुनको भाउ फेरि बढ्यो, भाउ सुन्दा व्यापारी नै चकित पर्न थाले

Thankot Times

थानकोट ।

नेपाली बजारमा सुनको मूल्य उकालो लाग्ने क्रम जारी छ ।

स्थानीय बजारमा सुनको मूल्य बिहीबार हालसम्मकै उच्चमा कारोबार भइरहकोने पाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज छापावाल सुन प्रतितोला एक लाख ३४ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाली बजारमा यो हालसम्मकै उच्च मूल्य हो ।

सुनको मूल्यले हिजो बुधबार प्रतितोला एक लाख ३३ हजार रुपैयाँमा कारोबार भएर रेकर्ड बनाएको थियो । 

आज तेजाबी सुन प्रतितोला एक लाख ३३ हजार ३५० रुपैयाँमा कारोबार भएको छ ।

चाँदीको मूल्य पनि तोलामा ४० रुपैयाँले बढेर कारोबार भएको छ । चाँदी प्रतितोला एक हजार ६५० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । बुधबार चाँदी प्रतितोला एक हजार ६१० रुपैयाँमा कारोबार भएको थियो । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *