थानकोट-चित्लाङ-चितवन द्रुत मार्गमा ३० किलोमिटर सुरुङ

Thankot Times

थानकोट । 

काठमडाैंमा आउँदो बैशाख १६ र १७ गते हुने लगानी सम्मेलनको तयारी तव्र बनाइँदै छ। सरकारले सयाैं विदेशी लगानीकर्तालाई काठमाडौंमा आतिथ्य दिँदै निमन्त्रणा पठाइसकेको छ। 

सम्मेलनको तिथि नजिकिँदै गर्दा लगानीकर्तालाई देखाउनका लागि विभिन्न आयोजनाको सूची टुंग्याउने चरणमा छ। 

लगानी बोर्डका अनुसार निर्माणको सम्भाव्यता अध्ययन भइसकेका र नेपालको आवश्यकताअनुसार आयोजना छनोट गर्नेछ। जसमा अध्ययन भइसकेका २१ आयोजनाको सूची तयारी भइसकेको छ।

तिनको कार्यान्वयनका लागि बैशाख १६ र १७ गते हुने लगानी सम्मेलनबाट   लगानी खोजिन लागेको हो। 

यिनै मध्येको एक छ ‘परिवर्तनकारी आयोजना’मा परिभाषित काठमाडौं-चितवन द्रुतमार्ग। थानकोटबाट सुरु हुने सो मार्ग चित्लाङ-पालुङ-गोगने-राक्सीराङ-मनहरी-हुँदै चितवन जोडिनेछ ।

आयोजनामा मुख्य त सुरुङमार्ग रहनेछ। करिब ३० किलोमिटर मात्रै सुरुङमार्ग निर्माण गर्नुपर्ने देखिएको छ। पुलको लम्बाइ ९.५ किमि रहनेछन् नेपाल खबरमा समाचार छ। एक्सप्रेस वे निर्माण गर्दा ८० देखि १२० किमिसम्म कुदाउन मिल्ने गरी डिजाइन गर्न सकिने देखिएको छ। 


Leave a Reply

Your email address will not be published. Required fields are marked *