सुनको मूल्य उकालो लाग्ने क्रम जारी
थानकोट ।
कारोबार हुने साताको पाँचाैं दिन आज बिहीबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ५ सय रुपैयाँ बढेको छ ।
आज छापावाल सुन तोलामा एक लाख ३६ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन उक्त सुन तोलामा एक लाख ३६ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।
तेजावी सुन तोलामा एक लाख ३६ हजार १ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।
चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँ बढेको छ ।
चाँदी तोलामा एक हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।













