तीनथानास्थित बल्खु खोलामा लगाइएको पर्खालमा डोजर चल्यो
थानकोट ।
चन्द्रागिरि नगरपालिका-१५ तीनथानास्थित विष्णुदेवी मन्दिर क्षेत्र नजिक खोलाको बहाव नै परिवर्तन हुने गरी बनाइएका संरचना मंगलबार भत्काइएको छ ।
चन्द्रागिरि नगरपालिका वडा नं. १५ तीनथानाका वडाध्यक्षसहितका जनप्रतिनिधिहरू, प्रहरी प्रतिनिधि, स्थानीयबासी तथा सम्बन्धित निर्माण पक्ष समेतको उपस्थितिमा ती सरंचना भत्काइएको हो ।
विष्णुदेवी मन्दिर पूर्वपट्टी बल्खुखोलामा बिना स्वीकृती गैह्रकानुनी रूपमा खोलाको वहाब बीचमा निर्माण गरिएको पर्खाल भत्काउन सात दिन समय दिइएकोमा सो अवधिमा पर्खाल नत्काइएपछि डोजर प्रयोग गरी पर्खाल भत्काइएको वडाध्यक्ष घनश्याम लुँइटेलले जानकारी दिनुभयो ।
वडाध्यक्ष लुँइटेलले स्वीकृती बिना कुनै पनि संरचना निर्माण नगर्न वडाबासीहरूमा अनुरोध समेत गर्नुभएको छ।


तस्बिरः आशिष महर्जन














