नेपाली बजारमा सुनको मूल्य घट्यो

Thankot Times

थानकोट ।

कारोबार हुने साताको छैटाैं दिन शुक्रबार नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ ।

आज सुनको मूल्य तोलामा एक हजार १ एक सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस दिन छापावाल सुन प्रतितोला एक लाख ३५ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ३६ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुन प्रतितोला एक लाख ३४ हजार ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य भने स्थिर छ ।

आज शुक्रबार चाँदी प्रतितोला एक हजार ६ सय ४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *