सुनचाँदीकाे मूल्य स्थिर
थानकोट ।
नेपाली स्थानीय बजारमा आज सुनचाँदीको मूल्य स्थिर छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन मंगलबारकै मूल्यमा कारोबार भइरहेको छ ।
आज छापावाल सुन एक लाख ३६ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । जुन मंगलबारकै मूल्य हो ।
त्यस्तै, तेजाबी सुन तोलामा एक लाख ३५ हजार ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।
आज चाँदी प्रतितोला एक हजार ६ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।













