सुनको मूल्य घट्दा चाँदीको बढ्यो
थानकोट।
कारोबार हुने साताको पाँचाैं दिन आज बिहीबार नेपाली स्थानीय बजारमा सुनको मूल्य घटेको छ ।
आज चाँदीको मूल्य भने बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य तोलामा ८ यस रुपैयाँले घटेको हो । आज सुन प्रतितोला एक लाख ३५ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
अघिल्लो दिन बुधबार उक्त सुन प्रतितोला एक लाख ३६ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, तेजाबी सुन तोलामा एक लाख ३४ हजार ९ सय ५० रुपैयाँ कारोबार भइरहेको छ ।
चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले बढेको छ ।
नेपाली बजारमा आज चाँदी प्रतितोला एक हजार ६ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।













