सुनको मूल्य तोलामा २ हजार ३ सय रूपैयाँले बढ्यो
थानकोट ।
नेपाली स्थानीय बजारमा सुनचाँदीको मूल्य बढेर कारोबार भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार कारोबार हुने साताको छैटाैं दिन शुक्रबार छापावाल सुन प्रतितोला दुई हजार ३ सय रुपैयाँले बढेर कारोबार भएको हो ।
यस दिन छापावाल सुन प्रतितोला एक लाख ३७ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
त्यस्तै तेजाबी सुन प्रतितोला एक लाख ३७ हजार २ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार एक लाख ३५ हजार ६ सय रुपैयाँमा काराेबार भएकाे थियाे ।
शुक्रबार चाँदीको मूल्य प्रतितोला ५० रुपैयाँ बढेर कारोबार भएको हो । शुक्रबार चाँदी प्रतितोला एक हजार ७ सय ३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
बिहीबार भने चाँदी प्रतितोला एक हजार ६ सय ८५ रुपैयाँमा कारोबार भएको थियो ।













