चन्द्रागिरिका यी स्थानमा आज बिहान ८ बजेदेखि ६ घण्टा विद्युत सेवा अवरुद्ध हुने (तालिकासहित)
थानकोट ।
आज शनिबार चन्द्रागिरि नगर क्षेत्रका विभिन्न स्थानमा विद्युत सेवा अवरुद्ध हुँदैछ ।
नेपाल विद्युत प्राधिकरण १३२ केभी प्रसारण कन्डक्टर अपग्रेडिङ आयोजना मातातिर्थका अनुसार आज चन्द्रागिरि नगरका पुरानो नैकाप, बलम्बु, चुनदेवी, खहरे दहचोक, ढुङ्गेअड्डा, ब्राइट फ्यूचर, बानियाँ गाउँ, किटनी भञ्ज्याङ, बाइछाप, यातायात कार्यालय, दाउरा डिपो, हाइभिजन कोलोनी, पशु विकास कार्यालय क्षेत्र, सृजना चोक लगायका क्षेत्रमा विद्युत सेवा बिहान ८ बजेदेखी दिउँसो २ बजेसम्म अवरुद्ध हुनेछ ।
स्युचाटार सवस्टेशनदेखि मातातीर्थ सवस्टेशनसम्मको १३२ केभी भोल्टेज स्तरको प्रसारण लाइनको पुरानो तार निकालेर नयाँ तार जडान गर्नको लागि विद्युत् सेवा बन्द गरेर काम गर्न लागिएको हो ।














