सुनचाँदीकाे मूल्य घट्याे

Thankot Times

थानकोट ।

नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ३ सय रुपैयाँले घटेर छापावाल सुनको मूल्य तोलामा १ लाख ३८ हजार १ सय रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ३७ हजार ४ सय ५० रुपैयाँमा कारोबार भैइरहेको छ ।

यसअघि आइतबार सुन तोलामा १ लाख ३८ हजार ४ सय र तेजाबी सुनको मूल्य तोलामा १ लाख ३७ हजार ७ सय ५० रुपैयाँ थियो ।

त्यसैगरी आज चाँदीको मूल्य पनि घटेको छ । महासंघका अनुसार चाँदीको तोलामा १० रुपैयाँले घटेको छ । आज चाँदीको मूल्य तोलामा १ हजार ७ सय १५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *