२ दिनअघि मच्छेगाउँबाट सम्पर्कविहिन बालकहरू सकुशल भेटिए
थानकोट ।
गत शनिबार चन्द्रागिरि नगरपालिका-०९ मच्छेगाउँस्थित बाेहाेरा चाैरबाट सम्पर्कविहिन रहेका दुई जना बालक भेटिएका छन् ।
प्रहरी वृत्त थानकोटका अनुसार स्थानीय नारायणजन माविमा कक्षा ४ मा अध्ययनरत १२ वर्षीय सुशील सुनार र कक्षा २ मा अध्ययनरत अभिषेक सुनार सोमबार बिहान परिवारको सम्पर्कमा आएका हुन् ।
उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरी वृत्त थानकोटले जनाएको छ ।












