सुनको मूल्य बढ्यो

Thankot Times

थानकोट ।

कारोबार हुने साताको चाैथो दिन नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १ हजार रुपैयाँले बढेको हो ।

महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ३८ हजार ४ सय रुपैयाँ र तेजाबी सुन १ लाख ३७ हजार ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख ३७ हजार ४ सय रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ३६ हजार ७ सय ५० रुपैयाँमा कारोबार भएका थियो ।

त्यसै गरी आज चाँदीको मूल्य पनि बढेको छ ।

महासंघका अनुसार चाँदीको तोलामा ५ रुपैयाँले बढेको छ ।

आज चाँदीको मूल्य तोलामा १ हजार ७ सय ४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *