नेपाली बजारमा सुनको मूल्यमा गिरावट
थानकोट ।
नेपाली स्थानीय बजारमा आज शुक्रबार सुनको मूल्य घटेर कारोबार भएको छ ।
कारोबार हुने साताको अन्तिम दिन शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँ घटेर कारोबार भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ३९ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार छापावाल सुन हालसम्मकै उच्च मूल्य एक लाख ४० हजार रुपैयाँमा कारोबार भएको थियो ।
नेपाली बजारमा तेजाबी सुन प्रतितोला एक लाख ३८ हजार ६ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।
चाँदीको मूल्य पाँच रुपैयाँ घटेर कारोबार भइरहेको छ ।
शुक्रबार चाँदी प्रतितोला एक हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
हिजो बिहीबार चाँदी प्रतितोला एक हजार ८ सय ५ रुपैयाँमा कारोबार भएको थियो ।













