अण्डाको भाउ बढ्यो

Thankot Times

थानकोट । 

नेपाल लेयर कुखुरापालक संघले अण्डाको मूल्यमा वृद्धि गरेको छ । 

संघको शुक्रबार बसेको बैठकले शनिबारदेखि लागू हुनेगरी अण्डाको मूल्य बढाएको हो । बैठकले देशभर अण्डाको एउटै मूल्य लागू गर्नका लागि चितवनलाई आधार मानेको छ । 

संघका अनुसार नयाँ मूल्य मिडियम साइजको अण्डा प्रतिक्रेट ४५० रुपैयाँ पर्नेछ । यस्तै, ठुलो अण्डा प्रतिक्रेट ४६५ रुपैयाँ र सबैभन्दा ठुलो अण्डा प्रतिक्रेट ४८० रुपैयाँ पर्नेछ ।  


Leave a Reply

Your email address will not be published. Required fields are marked *