सुनको मूल्य अहिलेसम्मकै उच्च

Thankot Times

थानकोट।

नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १ हजार ६ सय रुपैयाँले बढेर छापावाल सुनको मूल्य तोलामा १ लाख ४० हजार ९ सय र तेजाबी सुनको मूल्य तोलामा १ लाख ४० हजार २ सय रुपैयाँमा कारोबार भैइरहेको छ । 

यो सुनको अहिलेसम्मकै उच्च मूल्य हो । 

यसअघि शुक्रबार सुन तोलामा १ लाख ३९ हजार ३ सय र तेजाबी सुनको मूल्य तोलामा १ लाख ३८ हजार ६ सय ५० रुपैयाँ थियो ।

त्यसैगरी आज चाँदीको मूल्य पनि बढेको छ ।

महासंघका अनुसार चाँदीको तोलामा १ सय १० रुपैयाँले बढेको छ ।

आज चाँदीको मूल्य तोलामा १ हजार ९ सय १० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *