४८ ग्राम लागुऔषध खैरो हिरोइनसहित नागढुङ्गाबाट समातिए ३२ वर्षीय सचिन

Thankot Times

थानकोट।

लागुऔषध खैरो हिरोइन ४८ ग्रामसहित एक जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।  आइतबार नेपाल प्रहरीले पत्रकार सम्मेलन गर्दै उनलाई सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा बाँकेकाे कोहलपुर नगरपालिका १२ का ३२ वर्षीय सचिन राना रहेका छन् । शनिबार काठमाडौं चन्द्रागिरि नगरपालिका-२ नागढुङ्गास्थित चेक प्वाइन्टबाट उनी पक्राउ परेका हुन् ।  

महेन्द्रनगरदेखि काठमाडाैंतर्फ आउँदै गरेको ना. ५ ख. ४०५६ नम्बरको यात्रुबाहक बसलाई प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरी टोली तथा लागुऔषध नियन्त्रण ब्युरो, शाखा कार्यालय नागढुङ्गा सहितको संयुक्त टोलीले चेकजाँच गर्ने क्रममा राना पक्राउ परेका हुन्

राना पक्राउ परेको घटनाका सम्बन्धमा प्रहरी वृत्त थानकोटबाट थप अनुसन्धान भइरहेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *