नेपालमा सुनको मूल्यमा नयाँ कीर्तिमान कायम
थानकोट ।
कारोबार हुने साताको दोश्रो दिन आज (सोमबार) नेपाली बजारमा सुनचाँदीको मूल्यले नयाँ बिन्दु छोएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन हालसम्मकै उच्च मूल्यमा कारोबार भएको हो ।
सोमबार छापावाल सुन प्रतितोला एक लाख ४१ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
हिजो आइतबारको तुलनामा आज छापावाल सुनको मूल्य तोलामा ९ सय रुपैयाँले बढेको हो । आइतबार छापावाल सुन प्रतितोला एक लाख ४० हजार ९ रुपैयाँमा कारोबार भएको थियो ।
आज तेजाबी सुन प्रतितोला एक लाख ४१ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
चाँदी प्रतितोला एक हजार ९ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ ।
चाँदीको मूल्य पनि हालसम्मकै उच्च मूल्य भएको महासंघले जनाएको छ ।
हिजो आइतबार नेपाली बजारमा चाँदी प्रतितोला एक हजार ९ सय १० रुपैयाँमा कारोबार भएको थियो ।













