नेपाली बजारमा सुनको भाउमा गिरावट, तोलामा १ हजार २ सय रूपैयाँ घट्यो
थानकोट ।
कारोबार हुने साताको तेस्रो दिन आज मंगलबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ ।
सुनको मूल्य तोलामा एक हजार २ सय रुपैयाँले घटेर कारोबार भएको छ ।
आज छापावाल सुन प्रतितोला एक लाख ४० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सोमबार छापावाल सुन प्रतितोला एक लाख ४१ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज तेजाबी सुन प्रतितोला एक लाख ३९ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
सोमबार तेजाबी सुन प्रतितोला एक लाख ४१ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्य पनि तोलामा ५५ रुपैयाँले घटेको छ ।
चाँदी प्रतितोला एक हजार ८ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
हिजो सोमबार चाँदी प्रतितोला एक हजार ९ सय ४० रुपैयाँमा कारोबार भएको थियो ।













