सुनचाँदीकाे मूल्य स्थिर
थानकोट ।
नेपाली स्थानीय बजारमा आज आइतबार सुनचाँदीको मूल्य स्थिर भएर कारोबार भइरहेकाे छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन र चाँदी अघिल्लो काराेबार दिन शुक्रबारकै मूल्यमा कारोबार भएको हाे ।
आज छापावाल सुन प्रतितोला एक लाख ३६ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
गत शुक्रबार पनि छापावाल सुन सोही मूल्यमा कारोबार भएको थियो ।
यस दिन तेजाबी सुन प्रतितोला एक लाख ३६ हजार २ सय ५० रुपैयाँमा करोबार भइरहेको छ ।
चाँदी पनि आज शुक्रबारकै मूल्यमा कारोबार भइरहेको छ ।
गत शुक्रबार चाँदी प्रतितोला एक हजार ८ सय ५५ रुपैयाँमा कारोबार भएको थियो ।













